के तपाई Microsoft Excel प्रयोग गर्नुहुन्छ? यस Program मा काम गर्दा सायद तपाईलाई एउटा अति महत्वपुर्ण कुराको कमि महसुस हुन सक्छ । त्यो हो नम्बरलाई सब्दमा लेख्ने Formula. जस्तै 12,345,678.90 लाई तपाईले सब्दमा Twelve million Three hundred and Forty Five thousand Six hundred and Seventy Eight point Nine लेख्नुपर्यो भने Excel Program मा कसरी लेख्ने? Microsoft Excel मा यसको लागी तपाईले कुनै पनि Formula पाउनुहुनेछैन । तर चिन्ता नगर्नुहोस, आजबाट तपाईले यो समस्याको समाधान पाउनुहुनेछ । अब Excel मा तपाईले चाहेको नम्बरलाई Formula बाट अक्षरमा बदल्न सक्नुहुनेछ । यसको लागी तपाईले एउटा .xla File लाई Download गरेर तपाईको कम्प्युटरमा राख्नु पर्ने हुन्छ र सो File लाई Excel को 'add-ins' मा गएर active गर्नु पर्ने हुन्छ । त्यस पछि तपाई सजिलै यो Formula प्रयोग गर्ने सक्नु हुन्छ । यो सबैको लागी तपाईले तल दिएको सुझाब अनुसार गर्नुपर्ने हुन्छ ।
2. अब Microsoft excel program खोल्नुहोस । Program खुलिसकेपछि सँगैको चित्रमा देखाए जस्तै बायाँ तिरको सबैभन्दा माथि तपाईले Office button देख्न सक्नुहुनेछ । सो button मा क्लिक गर्नुहोस, र त्यसपछि सबै भन्दा तल excel option भन्ने button मा क्लिक गर्नुहोस ।