N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...
Showing posts with label Tales N Story. Show all posts
Showing posts with label Tales N Story. Show all posts

20100812

स्वर्ग बंक

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्याडङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।
हिँडेको हिँड्यै छु।
सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न।
बीचमा एकजना बुढा भेटिएका थिए। नेपाली नै रैछन्।
‘कता हिँड्यौ?' उनले सोधेका थिए।
‘मरेदेखि यै सिढी उक्ल्या छु।'
‘तिमी त जवानीमै मरेछौ, मज्जाले हिँड्न सक्छौ,' बुढाले सास फेर्दा जिब्रो बाहिर निकालेका थिए, ‘आफूलाई त केको श्राप परेको हो, कुन्नि! बुढेसकालमा मरँे। हिँड्नै सक्दिनँ।'
‘बिस्तारै हिँड्नुहोला,' मैले भनेको थिएँ, ‘यो सिढी स्वर्गैतिर त लाग्या होला।'
बुढा केही भन्न खोज्दैथे। म हुत्तहुत्त माथितिर दगुरेको थिएँ।
त्यसपछि कोही नेपाली भेटेको छैन।