N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100812

स्वर्ग बंक

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्याडङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।
हिँडेको हिँड्यै छु।
सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न।
बीचमा एकजना बुढा भेटिएका थिए। नेपाली नै रैछन्।
‘कता हिँड्यौ?' उनले सोधेका थिए।
‘मरेदेखि यै सिढी उक्ल्या छु।'
‘तिमी त जवानीमै मरेछौ, मज्जाले हिँड्न सक्छौ,' बुढाले सास फेर्दा जिब्रो बाहिर निकालेका थिए, ‘आफूलाई त केको श्राप परेको हो, कुन्नि! बुढेसकालमा मरँे। हिँड्नै सक्दिनँ।'
‘बिस्तारै हिँड्नुहोला,' मैले भनेको थिएँ, ‘यो सिढी स्वर्गैतिर त लाग्या होला।'
बुढा केही भन्न खोज्दैथे। म हुत्तहुत्त माथितिर दगुरेको थिएँ।
त्यसपछि कोही नेपाली भेटेको छैन।

20100807

पहिला दर्ता गरीएका DOMAIN (Firstly Registered DOMAIN)

When you use internet sites on your daily life maybe one question comes to you mind. Which is the first registered domain? Are you interested to know about firstly registered domains? If you are interested to know all about this, see this post where you can find which are the domains registered at the beginning days of internet.
आजको संसार भनेको सुचाना र प्रबिधी (Information-Technology) को संसार हो । Computer, Internet र Mobile यो सबै बिनाको संसार अहिलेको समयमा कल्पना सम्मपनि गर्न सकिन्न र रोचक कुरा सुचना प्रबिधी सबै भन्दा द्रुत गतीमा बिकास गर्ने क्षेत्र पनि हो । अन्य क्षेत्रको तुलनामा सुचना प्रबिधीको क्षेत्र आबिस्कारको हिसावले सबैभन्दा कान्छो भएपनी बिकासको हिसावमा सबै भन्दा अगाडी रहेको छ । एकैछिन बिचार गर्नुहोस त हालका दिनमा तपाई 1 दिनमा कति समय Internet मा खर्च गर्नुहुन्छ? र फेरी बिचार गर्नुहोर 2 बर्षपहिला कति समय यसमा बिताउनु हुन्थ्यो । पक्कै पनि पहिला भन्दा अहिले तपाई बढि प्रयोग गर्नु हुन्छ र बिस्तारै यो तपाईको जिवनको अभिन्न अंग बन्दै गईरहेकोपनि छ । तपाई साथी या परिवार लाई चिठी लेख्न भन्दा Email गर्न रुचाउनुहुन्छ । उनीहरुसंग संपर्कमा रहन Facebook, HI5, Twitter या यस्तै अन्य Social Networking का Site हरु उपयोग गर्नुहुन्छ । ताजा सुचना पाउनलाई होस या जानकारी मनोरन्जनका लागी होस या Study सम्बन्धी जानकारीका लागी अहिले छिटो छरीतो र भरपर्दा माध्यम Internet का बिभिन्न Site हरु हुन्छन । यि Site हरु चलाउदा के तपाईले कहील्यै बिचार गर्नु भएको छ सबै भन्दा पहिला Register गरिएको Site कुन हो भनेर? यदी बिचार गर्नु भएको भए पक्कै तपाईको मनमा यस सम्बन्धि जिज्ञासा होलान, साथै बिचार गर्नु नभएको भए पनि आउनुहोर्सर् Internet  को दुनियाका सबै भन्दा पुराना र अहिले सम्म चलिरहेका यस्तै केही Domain हरुको बारेमा जानकारी राख्नुहोस ।