N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20101116

फेसबुक साथीदेखि सावधान !

फेसबुकको रिक्वेस्ट लिस्टमा झुल्किएको वा सामान्य चिनजानकै भरमा कसैलाई साथी बनाउनुभएको छ भने सचेत हुनुस् । त्यस्तो साथीले फेसबुकको फोटो र सूचना दुरुपयोग गरी तपाईंलाई फसाउन पनि सक्छ । प्रेमविवाहपछि सुमधुर दाम्पत्य सुरु गरेका ललितपुरका एक जोडी यस्तै घटनाबाट पीडित छन् । आफैंलाई पढाएको शिक्षकले फेसबुक दुरुपयोग गरी चरित्रहत्याको प्रयास गरेपछि ती युवती मानसिक तनावमा छिन् भने उनलाई विवाह गर्ने युवक त्यत्तिकै अलमल्ल छन् । फेसबुक मित्रताको दुरुपयोग गर्ने भोजराज सुब्बा भने हाल प्रहरी हिरासतमा छन् । उनी ललितपुरस्थित एक कलेजका कम्प्युटर अध्यापक हुन् । आफैंलाई पढाएका अध्यापक फेसबुकमा मित्रताको प्रस्ताव गर्ने सूचीमा झुल्किएपछि युवतीले उनलाई फेसबुकमा सजिलै स्वीकारिन् ।