N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20101226

सपना साकार गर्ने अपार्टमेन्ट

घर बनाउने योजनामा रहेकी महिता राणाको मन सनसिटी अपार्टमेन्टमा पुगेपछि परिवर्तन भयो। उनले अपार्टमेन्ट खरिद गर्ने मनसाय बनाइन्। परियो जना निरीक्षण गरेपछि उनको अनुहारमा एक प्रकारको सन्तुष्टि झल्किरहेको थियो। घर खरिद गर्न दिइएको स्किम थाहा पाएपछि उनी अझ उत्साहित भइन्। यस्तो किन भन्ने नारीको जिज्ञासा शान्त गर्न उनले भनिन्-
'यहाँ एक त आफूले सोच्न पनि नसकेका सम्पूर्ण सुविधा उपलब्ध छन्, अर्को यहाँबाट सबैतिर जान सजिलो छ। यहाँ हस्पिटल, कलेज तथा सार्वजनिक यातायातको राम्रो सुविधा छ। मलाई दिनभरि डुलेर घर हेर्ने फुर्सद पनि छैन। त्यसैले आजै बुक गरेर जान्छु। फेरि यो धेरै महँगो पनि रहेनछ र गुणस्तर पनि विश्वासयोग्य लाग्यो।'