N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100512

सास गन्हाउने समस्याको उपचार

सास गन्हाउने भनेको मुखबाट दर्ुगन्ध आउनु हो, जसलाई दाँत ब्रस वा फ्लसिङ गरेको भरमा मात्र हटाउन सकिंदैन । यस्तो दर्ुगन्ध नाकबाट पनि आउन सक्छ । यो समस्या क्षणिक पनि हुन सक्छ र दर्ीघकालीन पनि हुन सक्छ । धेरै मानिस आफ्नो सास गन्हाउने समस्याबाट पीडित भएको पाइन्छ ।
क्षणिक सास गन्हाउने समस्या विभिन्न कारणबाट देखा पर्न सक्छ । खाएको खाना, लसुन, प्याज आदिबाट क्षणिक रुपमा सास गन्हाउन सक्छ । मुख सुख्खा हुनु तथा मुखको पर्याप्त सरसफाइ नगर्नु क्षणिक सास गन्हाउने प्रमुख कारणमध्येमा पर्दछ । क्षणिक सास गन्हाउने समस्या स्प्रे गर्नाले वा चुइगम खानाले वा ब्रस गर्नाले तत्काल हटेर जान्छ ।
दर्ीघकालीन सास गन्हाउने समस्या क्षणिकभन्दा लामो समयसम्म रहिरहन्छ र यो गम्भीर समस्याले सम्पूर्ण जनसंख्याको करिब एक चौथाइलाई पीडित बनाएको छ । यस किसिमको दर्ीघकालीन समस्या मुखमा सामान्य रुपमा हुने कीटाणुको मात्रा अत्यधिक बढ्न गएको खन्डमा देखिन्छ । यसमध्येको सबैभन्दा बढी देखिने कीटाणु स्टे्रप्टोकोकस म्युटन्स हो ।
सास गन्हाउने कारण: करिब ९० प्रतिशत सास गन्हाउने समस्या मुखमा भएको कीटाणुको मात्रा वृद्धिको कारणले भएको देखिन्छ भने १० प्रतिशत जति विभिन्न शारीरिक समस्याका कारण देखिन सक्छ । यसको निदान चिकित्सकले तुरुन्त गर्नुपर्ने हुन्छ । यस्ता रोगहरुमा मधुमेह, मिर्गौला वा कलेजोसम्बन्धी समस्या, श्वासप्रश्वास प्रणालीका विभिन्न रोगहरु जस्तो कि पिनास, ब्रोङ्काइटिस आदि हुन सक्छन् ।
सास गन्हाउने सामान्य कारणहरुमा अत्यधिक रक्सीको सेवन गर्नु, अत्यधिक कफी सेवन गर्नु, अत्यधिक स्प्रे मिन्टको प्रयोग गर्नु आदि पर्दछन् । त्यस्तै बोसो वा प्रोटिनयुक्त खानाको अत्यधिक मात्रामा गरिने सेवनले पनि सास गन्हाउन सक्छ । मुख सुख्खा गराउने औषधिकोे सेवन, खैनी, सर्ुर्ती वा लसुन-प्याजको सेवन, दाँतमा प्रयोग गरिने तार आदिले पनि मुख गन्हाउन सक्छ । दिनको समयमा पर्याप्त पानीको सेवन नगर्नु -दिनमा ८ देखि १० गिलाससम्म पानी पिउनु आवश्यक हुन्छ), दाँतमा भएका खाल्टाखुल्टी, सरसफाइमा पर्याप्त ध्यान दिन नसक्दा पनि सास गन्हाउन सक्छ ।
उपचार: व्यक्तिअनुसार यस समस्याको उपचार फरक हुन सक्छ । कतिपयमा सामान्य परिवर्तनले पनि समस्या समाधान हुन सक्छ भने कतिपयको नियमित आनिबानीमा व्यापक परिवर्तनको आवश्यकता पर्दछ । यसका लागि प्राकृतिक उपायहरु पनि अवलम्बन गर्न सकिन्छ ।
मुख सुक्खा हुनु सबैभन्दा नराम्रँे कुरा हो । दैनिक ८-१० गिलास पानी पिई मुख सुक्खा हुन दिनुहुँदैन । व्यायाम गरिसकेपछि, कुरा गरिसकेपछि, पढ्दै गर्दा वा जुनसुकै अवस्थामा अलि-अलि पानी पिउँदै गर्नु फाइदाजनक हुन्छ । मादक पदार्थको सेवनले मुख सुकाउने काम गर्दछ । यसैकारण मादक पदार्थ सेवन गर्ने बानी छ भने त्यसलाई तुरुन्तै कम गरिहाल्नु लाभदायक हुन्छ ।
यस्तै कफीको सट्टा चिया खानु बेस हो । हर्बल वा कालो चियामा केही त्यस्ता वस्तु रहेका हुन्छन् जसले ताजा सास फर्ेन मद्दत गर्दछ । धूमपान गर्ने बानी छ भने त्यसलाई पनि त्याग्नु उचित हुन्छ । मदिरापान मुख सुक्खा बनाउने अर्को प्रमुख कारण हो । डाइटिङ गर्दा पनि ध्यान दिनर्ुपर्छर्र्। डाइटिङमा गरिने अत्यधिक प्रोटिनयुक्त तर कम कार्बोहाइड्रेट भएको खाना खाने गर्नाले वजन त घट्ला तर त्योभन्दा पनि लज्जास्पद स्थितिमा पुर्याउने सास गन्हाउने समस्यालाई भने वृद्धि गराउँछ । कार्बोहाइड्रेट पनि उपयुक्त मात्रामा सेवन गर्नुपर्छ । कार्बोहाइड्रेट उपयुक्त मात्रामा सेवन नगरिएको खण्डमा आवश्यक शक्तिको निम्ति शरीरमा जम्मा भएको फ्याट सेलको प्रयोग हुन्छ र यसले गन्हाउने सासलाई अझ नराम्रो गर्दछ ।
चिनीको मात्रालाई पनि कम गर्नुपर्छ । बढी गुलियो खानुको अर्थ दाँतको स्वास्थ्यलाई बढी खराब गर्नु हो । दाँतको स्वास्थ्य खराब भएको अवस्थामा सास गन्हाउने समस्या प्रमुख रुपमा देखा पर्दछ । थोरै-थोरै खाना पटक-पटक खाने गर्नाले सम्पूर्ण शरीरको निम्ति फाइदा त पुग्छ नै, यसको साथमा सास पनि गन्हाउन पाउँदैन । दिनको दुइ पटक ब्रस गर्नु लाभदायक हुन्छ । साथै ज्रि्रो पनि सफा गनर्ुपर्छ । ब्रसलाई माउथवासमा डुबाएर हल्का तरिकाले ज्रि्रोमा देखिने पहेँलो वा सेतो पत्र नहटेसम्म ब्रस गर्नुपर्छ ।
करिब ९० प्रतिशत अवस्थामा सास गन्हाउने कारण मुखमा रहेको स्ट्रप्टोकोकस म्युटन्स नाम गरेको ब्याक्टेरियाको अत्यधिक वृद्धि हुनु हो, जसले मुखमा प्रोटिनलाई भोलाटाइल सल्फर कम्पाउन्ड नाम गरेको अत्यधिक गन्हाउने ग्यासमा परिणत गरिदिन्छ । यसको गन्ध कुहिएको अण्डाजस्तै हुन्छ । किनकि ब्याक्टेरियाहरुलाई अक्सिजन नभएको ठाउँ चाहिन्छ । ब्याक्टेरियाहरु दाँतमा हुने खाल्टाखुल्टी र विशेषतः ज्रि्रोको पछिल्लो भागमा जम्मा हुन्छन् ।
सास गन्हाउने समस्यालाई राम्ररी ब्रस गरेर, ज्रि्रो सफा गरेर निको पार्न सकिन्छ । प्रायजसोले आफ्नो दाँत सफा गर्नको निम्ति आवश्यक २ देखि ३ मिनेटको समय पनि पर्याप्तरुपमा खर्च गर्दैनन् । वास्तवमा धेरैले ब्रस गर्दा बढीमा एक मिनेटको समय मात्र खर्च गर्छन् । सही तरिकाले दाँत सफा गर्ने गरेमा धेरै हदसम्म मुख गन्हाउने समस्याबाट मुक्त हुन सकिन्छ ।
दाँत सफा गर्ने तरिका: दाँत सफा गर्दा ब्रसलाई गिजाको ४५ ड्रि्रीको कोणमा राखेर यसलाई भित्र-बाहिर गर्नुपर्छ । यस क्रममा दाँतको भित्री-बाहिरी भाग तथा अगाडिका दाँतको पछिल्लो भाग पनि सफा गर्नुपर्छ ।
दाँतलाई २ देखि ३ मिनेटसम्म यही क्रममा सफा गर्नुपर्छ । धेरै मानिस आफूलाई लागेको रोगको समाधान खोज्दै विभिन्न ठाउँमा भौंतारिन तयार हुन्छन्, हजारौं रकम खर्च गर्न तयार हुन्छन् । तर आफ्नो दैनिक जीवनशैलीमा सामान्य परिवर्तन र आनिबानीमा सामान्य सुधार गर्न तयार हँुदैनन् । वास्तवमा धेरैभन्दा धेरै रोगहरु हाम्रै अस्वस्थ जीवनशैलीको कारण हुने गर्दछन् । यसलाई सुधार्न सकिएको खण्डमा निकै रोगबाट पूर्णकालीन छुटकारा मिल्न सक्छ ।
-Source Sadhana

No comments:

Post a Comment