N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100513

विन्डोज एक्सपी स्टार्ट बटनको नाम परिवर्तन गर्नुहोस् (Nepali)

के तपाईं आफ्नो Windows XP को Start Button को नाम परिवर्तन गर्न चाहनुहुन्छ? Windows XP को Start Button को नाम परिवर्तन गर्ने बारेका धेरै लेखहरु पढ्न पाईन्छन। धेरै जस्तो तरिकाहरु धेरै झन्झटिलो हुन्छन भने कती लेखहरुमा पाँच अक्षर भन्दा बढी राख्न सक्किन्न भन्ने लेखिएको हुन्छ। आउनुहोस् आज सजिलो तरिकाबाट तपाईंको Windows XP को Start Button को नाम परिवर्तन गर्न सिक्नुहोस्। Start Button लाई तपाईंले चाहेको नाम दिन सक्नुहुन्छ साथै यस्ले तपाईंको कम्प्युटरलाई अन्य कुनै हानी गर्दैन।
सँगैको चित्रमा देखाएको जस्तै तपाईं अफुले चाहेको कुनै पनि अक्षेर लेख्न सक्नुहुन्छ Start button मा। यो परिवर्तन गर्नको लागि तपाईं ले C ड्राइभको विन्डोज (C:\Windows) मा रहेको explorer.exe नामको फाइलमा केही परिवर्तन गर्नुपर्ने हुन्छ। explorer.exe एउटा binary फाइल भएकोले सिधै edit गर्न सकिदैन। यस्मा edit गर्नको लागि तपाईंलाई एउटा editor program को आवस्यकत पर्छ। त्यो program डाउनलोड गर्नको लागि यहाँ Click गर्नुहोस्।
Stape - 1: तेस्पछी सबैभन्दा पहिला C:\Windows\explorer यो फाइललाई कपि गरेर कुनै सुरक्षित फोल्डरमा Save गरेर राख्नुहोस्। तेस्पछी माथि दिइएको लिन्कबाट अघी डाउनलोअड गरेको प्रोग्राम खोल्नुहोस्।
1. माथिको चित्रमा देखाएको जस्तै फाइल मेनुमा गएर C:\Windows\explorer यो फाइललाई ओपेन गर्नुहोस्। explorer.exe खोली सकेपछी String Table > 37 > 1033 location सम्म जानुहोस्।
2. त्यँहा बिभिन्न tab हरु देखिनेछन। त्यसमध्य  String Table अगाडि भएको + चिन्हमा click गर्नुहोस्। 37 नामको फोल्डरमा click गर्नुहोस् अनी 1033 लाई select गर्नुहोस्। दाँया पट्टीको display मा सँगैको चित्रमा देखाएको जस्तै केही information देख्न सक्नुहुन्छ।
3. दाँया पट्टि 578 row मा "start" लेखिएको ठाउँमा तपाईंले चाहेको कुनै पनि word लेख्नुहोस् जुन तपाईं Start button मा राख्न चाहनुहुन्छ। जस्तै "menu" । याद गर्नुहोस् तपाईंले टाईप गरेको शब्द "inverted comma" भित्र होस्। उदाहरणको लागि तलको चित्र हेर्नुहोस्।
4. एही process बाट String Table > 38 > 1033 यो location को दाँया पट्टि 595 row मा "start" लेखिएको ठाउँमा पनि तपाईंको word लेख्नुहोस् जुन तपाईं Start button मा राख्न चाहनुहुन्छ। जस्तै "menu" । पहिलको location र यो location को लेटर एउटै हुनुपर्छ।
5. यस्पछी माथिको Compile Script भन्ने बटनमा क्लिक गर्नुहोस्। अनी file menu मा गएर save as मा click गर्नुहोस्। र चित्रमा देखाइएको जस्तै explorereldergeek.exe नाम राखेर save गर्नुहोस्। पहिलो स्टेपको काम सकियो अब दोश्रो र अन्तिम कामको लागि अहिले खोलेका सबै प्रोग्रामहरुलाई close गरेर तल दीइएअनुसार गर्नुहोस्।
Stape - 2: अब तपाईंले एउटा registry फाइललाई edit गर्नुपर्ने हुन्छ। तेस्को लागि start मा click गर्नुहोस्। अनी run मा click गर्नुहोस्, regedit टाईप गरेर ok मा click गर्नुहोस् या enter गर्नुहोस्। अनी तल दीएको location सम्म जानुहोस्। HKEY_LOCAL_MACHINE\ SOFTWARE\ Microsoft\ Windows NT\ CurrentVersion\ Winlogon. उधाहरणको लागि सँगैको चित्रमा देखिएको जस्ताइ windows हुनेछ।
2. चित्रमा देखिएको जस्तै दाहिने तिर भएको cell भन्ने फाइललाई open गर्नुहोस्। अनी यस्मा explorereldergeek.exe टाईप गरेर ok गर्नुहोस् जुन नाम तपाईंले explorer.exe फाइललाई save as गर्न प्रयोग गर्नु भएको थियो। अब registry editor विन्डोजलाई close गर्नुहोस् र तपाईंको कम्प्युटरलाई restart गर्नुहोस्। तपाईंले चेन्ज गर्नुभएको नाम start button आउने छ। अब यस्को नाम Start button हैन तपाईंलाई मन पर्ने नाम राख्न सक्नुहुन्छ। एदी कुनै समस्या आएमा कमेन्टमा लेख्नुहोल समाधान खोज्ने प्रयास गर्नेछु। नोट: एदी तपाईंलाई कम्प्युटरको राम्रो ज्ञान छैन भने registry edit गर्द windows currupt हुन सक्नेछ।

No comments:

Post a Comment