N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100512

स्वाइन फ्लुको महामारी

स्वाइन फ्लु के हो
मौसम परिवर्तनसँगै हरेक वर्षमानिसलाई रुघाखोकी लाग्ने गर्छ । यस्ता रुघाखोकीलाई मौसमी इन्फ्लुएन्जा भनिन्छ । यस्ता इन्फ्लुएन्जाका कारण हुने रुघाखोकी सामान्यतया आफैं पनि निको हुन्छ । कहिलेकाहीँ जटिलता पनि आउने हुँदा यसकै कारण विश्वमा हजारौं मानिसको मृत्यु पनि हुने गरेको छ । तर यसप्रति मानिसको खासै चासो हुँदैन । स्वाइन फ्लु भाइरसकै कारणले हुन्छ  । कहिले काहीँ देखिने यस इन्फ्लुएन्जाले महामारीकै रुप लिने गर्छ । इन्फ्लुएन्जा खास श्वासप्रश्वाससम्बन्धी एक प्रकारको सरुवा रोग हो । भाइरसका ए, बी र सी तीन समूह मध्ये ए समूहको भाइरसको H1N2 उपसमूहबाट स्वाइन फ्लु हुन्छ भने H5N1 उपसमूहको इन्फ्लुएन्जाबाट बर्ड फ्लु हुन्छ । यसबाहेक यी हानिकारक भाइरसका अरु थुप्रै उपसमूहहरु (H1N2, H3N1, H3N2) पनि छन् । यी भाइरसले खासगरी नाक, घाँटी र फोक्सोमा आक्रमण गर्छन् ।
H1N2 भाइरस खासगरी सुँगुरमा फैलिन्छ । कहिलेकाहीँ सुँगुरको प्रत्यक्ष सर्म्पर्कमा आएका मानिसमा यो र्सन सक्छ र आफैं हराएर जान्छ । तर मानिसको शरीरमा रहेका बेला यसले मानिसको शरीरमा मिल्ने गरी आफ्नो संरचनामा परिवर्तन गर्न सक्छ । यस्तो अवस्थामा मानिसबाट मानिसमा यो रोग र्सन सक्छ र अहिले यही भएको अनुमान गरिएको छ ।
यो इन्फ्लुएन्जा भाइरस मानिसमा सरेपछि रुघाखोकी लाग्नु यसको मुख्य लक्षण हो । जीउ दुख्ने, ज्वरो आउने, अल्छी लाग्ने, खान मन नलाग्ने, छाती दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षणहरु देखिछन् । केटाकेटीहरुलाई चाहिँ र्या,ल-सिंगान निस्कने, सास फर्ेन अप्ठ्यारो हुने, छाला नीलो देखिने, झोल खानेकुरा पनि निल्न कठिन हुनेजस्ता समस्या देखिन्छन् ।
स्वाइन फ्लुको महामारी
बर्ड फ्लु गराउने भाइरसले खासगरी प्ूर्वी तथा दक्षिण एसियाका देशहरुलाई सताइरहेको बेला अहिले झन्डै यस्तै प्रकारको अर्को भाइरस स्वाइन फ्लुले अमेरिकी महादेशलाई गम्भीर असर पारिरहेको छ । यो रोगको खतरा नेपाल लगायत छिमेकी मुलुकहरुमा पनि उत्तिकै छ ।
मेक्सिकोमा देखा परेको H1N2 भाइरस अमेरिका, क्यानडा हुँदै ३ हप्ताभित्रमै युरोप र पर्ूर्वी एसियाका थाइल्यान्ड, जापान, चीन र कोरियासम्म फैलिएको थियो । रोग देखा पर्नासाथ यसको सबैभन्दा ठूलो असर आर्थिक क्षेत्रमा परेको पाइएको छ । स्वाइन फ्लु भनिएको H1N2 भाइरस हालको लागि नयाँ किसिमको भाइरस हो । यसको प्रतिरोध गर्ने क्षमता मानिसमा कति छ भन्ने अनुसन्धान हुँदै छ । यसका विरुद्ध कुनै खोप पनि तयार भएको छैन । तर विश्व स्वास्थ्य संघले छिट्टै यसको खोप तयार हुने अपेक्षा गरेको छ ।
विश्व स्वास्थ्य संघका अनुसार मेक्सिकोमा ३ हजार ६ सय ४८ जनालाई संक्रमण भई ७२ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ५ हजार १ सय २३ जनालाई संक्रमण भएको र यसमध्ये ५ जनाको मृत्यु भएको छ भने क्यानडामा ४ सय ९६ जनालाई रोग संक्रमण भई १ जनाको मृत्यु भएको छ । स्वाइन फ्लु संक्रमण दर निकै बढी भए पनि मृत्युदरचाहिँ अपेक्षाकृत निकै कम (२ प्रतिशतभन्दा कम) छ । स्वास्थ्यमा भन्दा पनि यसको मुख्य असर विश्वको आर्थिक क्षेत्रमा निकै ठूलो परिरहेको छ । २०६५ सालमा नेपालमा बर्ड फ्लु देखिंदा झन्डै २ अर्ब रुपियाँ नोक्सानी भएको ह्याचरी व्यवसायीहरु बताउँछन् ।
मेक्सिकोमा स्वाइन फ्लु देखिनासाथ संक्रमण नियन्त्रणका लागि र्सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइयो । स्कुल, रेस्टुराँ, स्वीमिङ पुललगायत मानिस जम्मा हुने स्थानहरु बन्द गरियो । रसिया र युक्रेनले मेक्सिको र त्यससँग सीमा जोडिएका कैयौं अमेरिकी राज्यहरुबाट सँुगुरको मासु आयात गर्न नै प्रतिबन्ध लगाए । इजिप्टले सुँगुर मार्ने अभियान नै सुरु गर्यो । रोग फैलिएको दोस्रो दिन नै एयरलाइन कम्पनी, जहाज कम्पनी तथा टुर अप्रेटर कम्पनीहरुको शेयर मूल्य १३ प्रतिशतसम्म घट्न पुग्यो । मेक्सिको र सीमा क्षेत्रका अमेरिकी राज्यहरुबाट ठूला कम्पनीका कामदारहरु फर्किनाले उत्पादनमा ठूलो असर पुग्न गयो । व्यापार आदिमा पनि ठूलो असर परेको छ । यसै अवधिमा टाइम फ्लु नामक औषधि, मास्क र ग्लोबको बिक्रीचाहिँ निकै बढेको छ । रोग नियन्त्रणका लागि अत्यन्त कडाइ अपनाइएकाले रोगको कारणले भन्दा पनि सन्त्रासले गर्दा विश्व अर्थतन्त्रमा ठूलो असर परिरहेको छ ।
रोगबाट बच्ने उपाय
यसको रोकथामका लागि अहिलेसम्म कुनै औषधि नबनेकाले रोग लाग्ने सम्भावित भीडभाड क्षेत्रमा नजानु, मास्क लगाउनु, हाच्छ्यूँ गर्दा रुमालले छोप्नु, हात राम्रोसँग साबुन-पानीले धुनु र विनाकाम नाक, आँखा, मुख नछुनु रोगबाट बच्ने आधारभूत उपायहरु हुन् । मानिसबाट मानिसमा तीव्ररुपमा फैलिएर खासगरी हवाई यातायातमार्फ संसारका कुना-कुनामा यो रोग फैलिन थालेपछि हरेक देशका सरकारलगायत विश्व स्वास्थ्य संघले यस रोगको नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाएका छन् । नेपालमा पनि यो रोग फैलिन नदिन र रोग देखा परेमा उपचार तथा नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् ।
रोगका लक्षण देखिएमा रोग लागेको ४८ घण्टाभित्र टाइम फ्लु औषधि खाएमा ५ दिनभित्रमा रोग निको हुन्छ तर उपचार नगरेमा मानिसको मृत्यु पनि हुन सक्छ । रोग र्सन वा फैलिन नदिनका लागि मास्क लगाउनु, एक मिटर टाढै बसेर कुरा गर्नु, हूलमा नजानु, हाच्छ्यूँ गर्दा रुमाल नभए पाखुराले नाक छोप्नु, हात धुँदा साबुन-पानीले राम्रोसँग हात धुनर्ुपर्छ । त्यस्तैगरी सन्चो नभएको बेला अनावश्यक भ्रमण नगर्नु नै बेस हुन्छ । श्वासप्रश्वास, मिर्गौला, छातीरोग, क्षयरोग, एचआईभीलगायतका दर्ीघरोग भएमा पनि भीडभाडमा जानुहुँदैन । रुघासँगै बच्चालाई ज्वरो आएमा बाहिर जान दिनुहुँदैन र रोगका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सर्म्पर्क गर्नर्ुपर्छ ।
इन्फ्लुएन्जा भाइरस परीक्षण गर्ने मेसिन तथा प्राविधिज्ञहरु नेपालमा उपलब्ध भए पनि परीक्षणका लागि आवश्यक पर्ने किट नेपालमा उपलब्ध छैन । बर्ड फ्लु देखिएका बेला इन्फ्लुएन्जा परीक्षणका लागि सम्पूर्ण पर्ूवाधारहरु तयार गरिए पनि हाल देखिएको भाइरस (ए१एन१) नयाँ भएकाले सो परीक्षणका लागि आवश्यक किट नेपालमा छैन । तर अमेरिकाले विश्व स्वास्थ्य संघमार्फ आवश्यक किट उपलब्ध गराउने बचन दिएकाले छिट्टै परीक्षणको काम पनि सुरु हुने छ । स्वाइन फ्लुजस्ता रोगले स्वास्थ्यमा पार्ने असरभन्दा आर्थिक क्षेत्रमा पार्ने असर निकै ठूलो छ । स्वास्थ्यमा पर्ने असरमा पनि शारीरिकभन्दा मानसिक असर बढी पर्ने खतरा हुन्छ । त्यसकारण यस रोगलाई नियन्त्रण गर्न सबै क्षेत्रबाट गम्भीरतापर्ूवक पहल गर्न आवश्यकता छ । रोगका बारेमा अनावश्यक सन्त्रास फैलाउनुभन्दा रोग नियन्त्रणतर्फबढी गम्भीर हुन जरुरी छ ।
-Source Sadhana

No comments:

Post a Comment