N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100516

राशि र उपहार

(के तपाई कसैलाई उपहार दिन गइरहनु भएको छ र तपाईको मनमा कस्तो उपहार दिने भन्ने दोधार परिरहेको छ? उपहार छनौट गर्ने बिभिन्न तरिका हुन्छन। उपहार छनौटमा उपहार पाउने ब्यक्तिलाई खुसि र प्रभावित पार्न उपहार दिईने ब्यक्तिको ब्यत्तित्व, उसको रुची मात्र हैन उसको ग्रह र उसको राशीको पनि प्रभाव रहेको हुन्छ। उपहार महंगो हुदैमा त्यसले उपहार पाउने ब्यक्तिलाई प्रभावित गर्नसक्छ भन्ने छैन सबै कुराहरु विचार गरेर दिईने साधारण उपहारले पनि विषेश महत्व राख्छ आउनुहोस उपहार दिईने ब्यक्तिको राशी अनुसारको उपहार कसरी छान्ने भन्ने बारेका एकैछिन बिचार गरौ, आफ्नो प्रेमिको चाहानालाई ध्यान दिदै उसप्रतिको प्रेम दर्शाउन होस या आफ्नो हाकिम लाई प्रभावित पार्न होस् या आफ्नो साथिभाई आफन्त लाई माया ब्यक्त गर्नको लागी होस् उपयुक्त उपहारले जहिले पनि जादुको काम गर्छ। यदी सहि उपहार सहि समय मिलाएर दिईएमा, उक्त उपहारले उपहार पाउने ब्यक्तीको हृदयमा स्थान पाउन सक्षम हुन्छ, तर उपहारनै भएपनि यदी सहि समय र सहि उपहार नभएमा त्यो उपहार महत्वहिन मात्र हैन यसको उल्टो असर पनि पर्न सक्छ। कसैको लागी उपहार छान्दा उपहार दिईने ब्यक्तीको ब्यक्तित्व, उसको रोजाई र उसलाई मन पर्ने कुरा हरुलाई ध्यान दिईनु जरुरी हुन्छ। तपाई कसैको लागी उपहार खरिद गर्न गईरहनु भएको छ र उसको लागी कस्तो उपहार उपयुक्त हुनसक्छ भन्ने कुराको निर्णय गर्न सकिरहनु भएको छैन भने यो लेख तपाईको लागी सहयोगी हुनेछ। समग्रमा भन्नु पर्दा कसैको लागी उपहार छान्दा उसको राशी अनुसारको उपहार निकै प्रभाकारी र उपयुक्त हुन सक्छ। प्रत्यक राशीका ब्यक्तिहरुको लागी कस्तो उपहार उपयुक्त हुन्छ भन्ने वारेका यो लेखले तपाईलाई Astros-guide को रुपमा ब्यक्तिको राशी अनुसारको उपयुक्त उपहार छनौटमा सहयोग गर्नेछ, जसले तपाईको उपहार कहिल्यैपनि खेर जानेछैन।
मेष राशि:
मेष राशी अग्नि प्रधान राशि भएकाले यो राशिका ब्यक्तीहरु साधारणतया आक्रामक, छिटै आबेगमा आउने र उग्र स्वभाव भएका हुन्छन। मेष राशिका ब्यक्तिहरुमा चन्चलता र सक्रिय स्वभाव पनि हुन्छ, साहसिक र खेलकुदसँग सम्वन्धित उपहारहरु यो राशि भएका ब्यक्तिहरुको लागी उपयुक्त हुन्छ । साथै अनुहार र टाउकोमा प्रयोगसँग सम्वन्धित उपहारहरुले यस राशि भएका ब्यक्तिहरुमा राम्रो प्रभाव पार्छ। तर यस राशिका ब्यक्तिहरुको लागी उपहार छान्दा यो कुरालाई पनि नबिर्सनुहोस् कि उक्त उपहार धेरै ब्यबहारीक किसिमको या अत्यन्त साहसिक प्रकारको नहोस जुन उपहार मेष राशि भएकाहरुको लागी अनुपयुक्त होस। यस राशि भएकाहरुको लागी उपहार छान्दा गल्फ सेट, बुद्धिचाल जस्ता खेल सामाग्री, पोकर, स्विस नाईफ जस्ता खेल सामाग्रीहरु उपयुक्त हुन सक्छन, टोपि, क्याप टोपी, मेकअप किट जस्ता सामाग्रीहरु पनि यो राशि भएका हरुको लागी प्रभावकारी उपहार हुन सक्छन।

बृष राशि:
बृष राशि भएकाहरु विलासिता प्रेमी स्वभावका हुन्छन साथै खुला स्वभावका पनि हुन्छन। यिनीहरु जिवनमा हरेक कुराको अनुभव लिन चाहने स्वभावका पनि हुन्छन। यो राशि भएकाहरु मोजमस्ति र धेरैजनासँग सम्बन्ध राख्न रुचाउने स्वभावका हुन्छन। यो राशि भएकाहरु शरिरसँग सम्वन्धित उपहारहरु रुचाउछन्। यो राशिको राशि स्वामी सुक्र हो । बिषयसक्ति र संबेदनसिलता यो राशिका ब्यक्तिहरुको मुख्य गुण हो। यो राशि भएका हरुलाई प्रेम दर्शाउने उपहारले उनिहरुको मन जित्न सकिन्छ। स्थाई प्रकारको उपहारहरु यो राशिका ब्यक्तिको मन जित्ने अर्को सफल तरिका हुन सक्छ। गलामा लगाउने गहनाहरु, कोमल रेशमी सल होस या पर्स देखी कुनै बित्तिय शेयर पनि यो राशिका ब्यक्तिको लागी राम्रो उपहार हुन सक्छ, कुनै स्थानको भ्रमणका लागी टिकट वा कुनै आर्ट ग्यालरि वा थियटरको टिकट पनि यो राशि भएका ब्यक्तिको मन जित्ने उपहार मध्यको एक राम्रो बिकल्प हुन सक्छ।
मिथुन राशिः
यो राशि भएका ब्यक्तिहरु भित्रीरुपमा निक्कै चलाख प्रकारका हुन्छन। आफ्नो बौद्धिकतालाई सुहाउने किसीमको उपहार यिनीहरु रुचाउछन। जानकारहरुका अनुसार संचारसँग र अभिब्यक्तिसँग सम्वन्धित उपहारले यो राशिका मानिसहरुलाई सधै आफ्नो बसमा राख्न सकिन्छ। यो राशि भएकाहरु बहुमुखि प्रतिभासाली हुन्छन। दूई तिन प्रकारका उपहार हरुको सम्मिश्रणले यिनीहरुलाई निकै खुसि बनाउन सकिन्छ। कुनै पत्रिकाको ग्राहक सदस्यता, जानकारी पुर्ण भिडियो वा पुस्तकहरु, संचारसँग सम्वन्धित साधनहरु जस्तै मोवाईल फोन, जानकारी र खोजमुलक आकर्षक कितावहरु यहासम्म कि एउटा कलम सम्म पनि उपहारको रुपमा पर्याप्त हुन सक्छ यो राशि भएका हरुको लागी। हातमा लगाउने पन्जा, औठि, घडिहरु पनि यो राशि भएका ब्यक्तिको लागी दिईने उपयुक्त उपहार हुन सक्छ ।
कर्कट राशीः
घर र घरसँग सम्वन्धित कुराहरुमा यो राशिको गहिरो रुची हुन्छ । यसैसँग सम्वन्धित उपहारले यो राशि भएकाहरुसँग नजिकिन मद्दत पुग्छ। घर र यससँग सम्वन्धित उपहार दिनाले यस राशि भएकाहरुबाट माया पाउन र उनिहरुसँग नजिकको सम्वन्ध बनाउन तपाँईलाई अझै सहयोग पुग्नेछ। अझ बिषेसरुपमा हस्तनिर्मित उपहारले यो राशि भएका हरुको मन छुन्छ। यस्ता बस्तुहरुमा यो राशि भएका ब्यक्तिहरुको भावनात्मक सम्वन्ध रहने भएकोले उक्त उपहारहरुले यिनीहरुको मन छुनेछ। यस राशिको राशिस्वामी चन्द्रमा हो। जुन digestive system सँगपनि सम्बन्धित छ, जस कारण cooking सँग सम्वन्धि उपहारपनि यिनीहरुले मन पराउनेछन। फोटो एल्वम, फोटो फ्रेम, घर सजाउने कलाकृतीहरु, हस्तनिर्मीत कार्डहरु वा तपाईको कला झल्किने गरि तपाईले बनाउनु भएको कुनैपनि कलाकृती यस राशि भएका हरुको लागी प्रभावकारी उपहार हुन सक्छ। cooking book, या kitchen का कुनै पनि gadget हरु यस राशि भएकाहरुको लागी दिईने राम्रो उपहार हुन सक्छ।
सिँह राशी:
यो राशीका ब्यक्तिहरु रचनात्मक र प्रदर्शन गर्ने स्वभावका हुन्छन त्यसकारण मनोरन्जनात्मक उपहार यिनिहरुको मन जित्ने उपहार हुन सक्छ। सुन र क्रिस्टल यिनीहरुको ईच्छा सुचिमा सबैभन्दा माथिल्लो स्थानमा हुन्छन। यिनीहरुको स्वभाव नाटकिय र असाधारण प्रकारको हुन्छ। यसै विषेश ब्यक्तित्वलाइ ध्यानमा राखेर दिईने उपहार यिनीहरुको मन जित्ने सबैभन्दा सजिलो तरिका हुन सक्छ। यिनीहरु पहिरनरमा पनि विषेस रुचि राख्छन, त्यसैले कपडाहरु यिनिहरुलाई दिईने उपहारको राम्रो विकल्प हुन सक्छ। यिनिहरुको साहसिक ब्यत्तित्व लाई हेर्दा क्यासिनो ट्रिप पनि एक राम्रो उपहार हुन सक्छ। उनिहरुको बारेमा गरिने राम्रो बर्णन सुन्न पाउदा सिँह राशि भएकाहरु आफुलाई सन्सारको सबैभन्दा खुसि महसुस गर्दछन। यिनीहरुको लागी दिईने उत्तम उपहारहरुमा होम थिएटर, टिभी, सिनेमा या यस्तै कुनै विषेस प्रदर्शनहरुको टिकट, पोकर जस्ता खेलहरु पनि यिनीहरुले मन पराउने उपहार हुन। खाना खाने निम्ताले पनि यिनीहरुको मन जित्छ। यिनीहरुको मन छुने रंग गाढा रंग जस्तै रातो, बैजनी, सुनौलो हो जसले यो राशि भएकाहरुको मन खान्छ, उपहार दिदा यो रंगहरुलाई बिषेस प्रथमीकता दिईएमा यो राशि भएकाहरु खुसि हुन्छन।
कन्या राशिः
यो राशि भएका ब्यक्तिहरु धेरै मेहनति र दैनिक गतिविधीहरुमा सम्लग्न हुन रुचाउने प्रब्रितीका हुन्छन त्यसैले आफ्नो दिनचर्यालाई गति दिन सहयोग पुग्ने उपहार पाउदा यिनीहरु औधी खुसि हुन्छन। आमरुपमा यो राशीका ब्यक्तिहरु ब्यापारी मस्तिस्क भएका हुन्छन। त्यसैले ब्यापारसँग सम्बन्धित उपहार प्राप्त गर्दा यिनीहरु खुसि हुन्छन। स्वास्थसँग सम्वन्धित उपहार पनि यो राशी भएका मानिसहरुको लागी उपयुक्त उपहार हुन सक्छ। साथै घरपाल्तु जनावरहरु पनि यो राशि भएका हरुको लागी उपहारको रुपमा रोज्न सकिन्छ। क्यालेन्डर, ब्यक्तिगत डिजीटल यन्त्रहरु जस्तै क्यालकुलेटर साथै ब्रिफकेस, स्टक सेयर, गहनाहरु, हेल्थक्लब को सदस्यता, पेट डग, वा अक्वारियम गोल्ड फिस केही राम्रा उपहार बिकल्प हुन सक्छन यो राशि भएका ब्यक्तिहरुलाई दिनको लागी, जसले उनीहरु आफु निकै भग्यमानि भएको महसुस गर्नेछन।
तुला राशीः
यो राशिका ब्यक्तिहरु सँम्वन्धको महत्व बुझ्ने हुन्छन। त्यसैले तपाईको सम्वन्धलाई याद दिलाउने खालको कुनैपनि उपहारले राम्रो प्रभाव पार्नेछ यो राशि भएका ब्यक्तिहरुको लागी। यो राशीका मानिसहरु सुन्दरता र कामुकताका राम्रो प्रसंसक हुन्छन। त्यसैले सुन्दर र कलात्मक उपहार यिनीहरुलाई दिईने उपहारको सबैभन्दा राम्रो बिकल्प हुन सक्छ। सातौ स्थानको यो राशी स्वप्रतिविम्वबाट निर्देशित हुन्छ। बिषेस गरि तुला राशी भएका केटिहरुले मेकअपसँग सम्वन्धीत उपहारहरु खुसी भएर स्विकार गर्छन। तपाईसँग लिईएको एउटा तस्विर, तपाईले लेख्नु भएको कविता, प्रसिद्ध ब्यक्तिहरुको बायोग्राफी, सुन्दर पेन्टिङ्ग, फुल, मेकअपका सामाग्रीहरु, ऐना यो राशीका ब्यक्तिलाई दिईने उत्तम बिकल्पका उपहारहरुमा पर्दछन।
वृश्चिक राशीः
रहस्य मन पराउने वृश्चिक राशीका ब्यक्तिहरु सस्पेन्स थ्रिलर किताव वा चलचित्र मन पराउछन। यिनीहरु रहस्यलाई खोल्न मन पराउने स्वभावका हुन्छन, टेलिस्कोप दुरविन, बाईनाकुलर यिनीहरुलाई दिईने राम्रो उपहारहरु मध्यको एक हुन सक्छ। स्पोर्टि गिफ्ट वा गहनाहरु उपहारको रुपमा यो राशी भएकाहरुको लागी उपयुक्त उपहार हुन सक्छ। कमसेकम यस्ता उपहार हरुले यस राशीका ब्यक्तिहरुसँगको भावनात्मक सम्वन्धलाई अझ दरिलो बनाउन मद्दत पुग्छ। बजारमा आएको नविनतम रहस्यसँग सम्वन्धित पुस्तक, या सिनेमाको चक्का डिभिडि यो राशीका ब्यक्तिलाई दिईने उपहार हुन। खेल सामाग्री, स्पोर्टस क्लबको सदस्यता, कफलिक्स, गहनाहरु, अन्तरंग ब्यक्तिगत उपहारले पनि राम्रो काम गर्नेछ। यो राशी भएका साथीहरुसँग सानो तिनो बदमासी या उनिहरुलाई सस्पेन्स र्सपर्राईज हुने गरीको उपहार दिएर हर्र्नुहोस ।
धनु राशीः
यो राशीका मानिस हरु भद्र स्वभाव लिएर जन्मेका हुन्छन। बौद्धिक उपहारबाट यो राशीका मानिसको मन जित्न सकिन्छ। यिनीहरु सस्कृती र आध्यात्मिकतासँग नजिकीने स्वभावका हुन्छन। त्यसैले यो राशी भएका ब्यक्तिको लागी उपहारको खोजी गर्दा यस क्षेत्रसँग सम्वन्धित उपहार खोज्न नविर्सनुहोला। यो राशीका मानिसहरुको महत्वाकाक्षा र चाहनालाई ख्याल गर्दा यिनीहरुलाई दिइने उपहारका बिकल्पहरु असिमीत जस्तै छन। तपाई एक सानदार कफिको लागी निम्ता दिन सक्नुहुन्छ वा ठुलो विस्वकोशको किताव उपहारको रुपमा दिन सक्नु हुन्छ। ज्ञान बढाउने कुनै पनि कुरा जो आध्यात्मीक होस या अरु त्यस्तो उपहारको यिनीहरुले सरहाना गर्नेछन । कुनै धार्मिक तिर्थयात्रा, आध्यात्मिक ब्यक्तित्व सँगको भेटघाट, कुनै ध्यानसिवीर उनीहरुलाई खुसी पार्ने उपहार हुन सक्छन। टाढाको भ्रमण यात्रा, कुनै राम्रो होटलमा लंच या डिनरको लागी निम्ता, धनु राशीका ब्यक्तिलाई दिईने सानदार उपहारहरुमा पर्दछन।
मकर राशी:
यो राशीका ब्यक्तिहरु महत्वाकांक्षा र अनुशासनमा प्रसिद्ध हुन्छन। उनिहरुको करियर पेशासँग सम्बन्धित उपहार उनिहरुले मन पाराउछन। यो राशीका ब्यक्तिहरु बिलासीता र लाडप्यार पनि औधि मन पराउने प्रकृतीका हुन्छन ... त्यसैले यदी तपाईको साथमा इस्वर छन भने आकास तपाईको सिमा हो। मकर राशीका ब्यक्तिहरुको लागी उपहारको छनौट गर्दा यो कुरालाई ख्याल राख्नुहोला। स्वसाहयता सम्वन्धि किताव, विजनेस कार्ड होल्डर, ब्यक्तित्व विकास सम्वन्धि सामाग्री, पर्स, ब्याग, राम्रो भित्ते घडि वा सानदार नारी घडी, वा सानदार देखीने किसीमको कुनै पनि बस्तु यो राशीका ब्यक्तिहरुलाई उपहारको रुपमा दिनको लागी तपाईले छान्न सक्नु हुन्छ।
कुम्भ राशी:
कुम्भ राशी प्रगती र संवन्ध बिस्तारको संकेत हो। प्रवीधिक जस्ता विशेष कुराहरु कुम्भ राशीलाई दिईने राम्रो उपहार हुन सक्छन। यदि तपाईलाई उनिहरुले कुनै बिशेष काम गरिरहेको जानकारी छ भने उक्त कामसँग सम्वन्धित पुस्तक या अन्य कुराहरु उपहारको रुपमा प्रदान गरिएमा उक्त उपहार यस राशी भएकाहरुको लागी सबै भन्दा रुची पूर्ण हुन सक्छ । यस राशीका मानिसहरु सोचाईमा नयाँपन चाहन्छन। त्यसैले साधारण भन्दा अलि फरक उपहार उनिहरुलाई आकर्शण गर्न सक्षम हुन्छ चाहे त्यो साधारण कुरानै किन नहोस । कुम्भ राशी कर्कुच्चा द्वारा शासीत राशी भएकोले फुटवेयर सम्वन्धित उपहार यिनीहरुलाई आर्कसित गर्न सक्षम हुन्छ। साथै कुनै हर्बल उत्पादन, कुनै प्रबिधी सम्वन्धित पुस्तक या सीडि पनि उपहारको रुपमा दिन सकिन्छ। सुन्दर पाउजु या मोजाका सेट, या स्पोर्ट शु पनि कुम्भ राशीका ब्यक्तिहरुका लागी उपहारका रुपमा छान्न सकिन्छ।
मिन राशी:
यो राशीका मानिसहरु प्रेम कल्पना र भ्रममा जिउने स्वभावका हुन्छन। आध्यात्मिकता र कलामा यिनीहरुको विषेश रुचि रहन्छ केही चुनौति र केही लाडप्यार दर्शाउने किसिमको उपहारले यो राशी भएका ब्यक्तिहरुलाई सजिलै प्रभावित गर्न सकिन्छ। यो राशी पानीसँग पनि सम्वन्धित छ। पानिसँग सम्वन्धित कुनै पनि उपहारले यो राशी भएका ब्यक्तिको हृदय सजिलै जित्न सकिन्छ। खेलकुद पनि यो राशीका ब्यक्तिहरुको अर्को रुचिको बिषय हो। अन्तिम राशी हुनुका साथै यो राशी खुट्टाबाट शासीत राशी पनि हो । अईल पेन्टिङ्ग, कुनै नाटक शो या सिनेमाको टिकट, कितावहरु विषेश गरि भावुक कविता संग्रहका किताव, कुनै स्मिङ्ग पुलको सदस्यता, विदेश यात्रा, नौका सयर, र्याफ्टिङ्ग यहा सम्मकी स्विमसुट पनि यो राशी भएका हरुको लागी छानिन सक्ने उपयुक्त उपहार हरु मध्यमा पर्दछ। यिनीहरु विषेश शुगन्धित तेल स्नान मन पराउछन, साधारण राम्रा जुत्ता चप्पल, मोजा, या गोडा मालिससँग सम्वन्धित बस्तु तेल यन्त्र पनि राम्रा र मिन राशीका ब्यक्तिहरुको मन जित्ने उपहार हुन सक्छन।)

No comments:

Post a Comment