N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100516

Convert Number to Word in MS Excel

के तपाई Microsoft Excel प्रयोग गर्नुहुन्छ? यस Program मा काम गर्दा सायद तपाईलाई एउटा अति महत्वपुर्ण कुराको कमि महसुस हुन सक्छ । त्यो हो नम्बरलाई सब्दमा लेख्ने Formula. जस्तै 12,345,678.90 लाई तपाईले सब्दमा Twelve million Three hundred and Forty Five thousand Six hundred and Seventy Eight point Nine लेख्नुपर्यो भने Excel Program मा कसरी लेख्ने? Microsoft Excel मा यसको लागी तपाईले कुनै पनि Formula पाउनुहुनेछैन । तर चिन्ता नगर्नुहोस, आजबाट तपाईले यो समस्याको समाधान पाउनुहुनेछ । अब Excel मा तपाईले चाहेको नम्बरलाई Formula बाट अक्षरमा बदल्न सक्नुहुनेछ । यसको लागी तपाईले एउटा .xla File लाई Download गरेर तपाईको कम्प्युटरमा राख्नु पर्ने हुन्छ र सो File लाई Excel को 'add-ins' मा गएर active गर्नु पर्ने हुन्छ । त्यस पछि तपाई सजिलै यो Formula प्रयोग गर्ने सक्नु हुन्छ । यो सबैको लागी तपाईले तल दिएको सुझाब अनुसार गर्नुपर्ने हुन्छ ।
1. सर्बप्रथम तपाईले एउटा File Download गर्नुपर्ने हुन्छ । उक्त File Download गर्नेको लागी यहाँ क्लिक गर्नुहोस र सो File लाई तपाईको कम्प्युटरको Desktop मा Save गर्नुहोस । File Download भईसकेपछि उक्त File लाई Cut गर्नुहोस ।
2. अब Microsoft excel program खोल्नुहोस । Program खुलिसकेपछि सँगैको चित्रमा देखाए जस्तै बायाँ तिरको सबैभन्दा माथि तपाईले Office button देख्न सक्नुहुनेछ । सो button मा क्लिक गर्नुहोस, र त्यसपछि सबै भन्दा तल excel option भन्ने button मा क्लिक गर्नुहोस ।
3. अब तपाईले Microsoft Excel option को windows खुलेको देख्न सक्नुहुन्छ । उक्त Box को बयातिर बिभिन्न option tab हरु देख्न सक्नुहुनेछ, त्यसमध्य हामिलाई अहिले चाहिने Add-Ins  हो । उक्त tab मा क्लिक गर्नुहोस । अब खुल्ने windows को तल्लो भागमा Go… भन्ने button देख्न सक्नुहुन्छ । उक्त button मा क्लिक गर्नुहोस । अब Add-Ins भन्ने नयाँ बक्स खुल्नेछ । उक्त बक्सको दायाँ तिर Browse... भन्ने button मा क्लिक गर्नुहोस । अब त्यहा भित्र गएर अघि Cut गरेको File लाई paste गरिदीनुहोस र ok मा क्लिक गर्नुहोस । अब तपाईले तलको चित्रमा देखाएको जस्तो numbertoword भन्ने check box  मा tick mark लागेको पाउनु हुनेछ ।
4. अब ok मा क्लिक गर्नुहोस । अब तपाईले Microsoft Excel मा कुनै पनि नम्बरलाई सब्दमा लेख्न सक्नुहुनेछ । यसका लागी २ वटा तरिकाहरु छन या भनौ २ वटा Formula हरु छन ।
तरिका नम्बर १ अनुसार तपाईले निम्न Formula को प्रयोग गर्नुपर्ने हुन्छ । उक्त Formula हो . =WordNum(cell address) .  यसमा तपाईले सब्दमा बदल्न चाहनुभएको नम्बर भएको Cell Address लाई Formula मा प्रयोग गर्नुपर्ने हुन्छ । उदाहरणको लागी mcrosoft excel program को Cell A1 मा भएको नम्बरलाई तपाई Cell B1 मा सब्दमा लेख्न चाहनुहुन्छ  भने Cell B1 मा click गर्नुहोस अनि =wordnum(A1) टाईप गर्नुहोस । यस Formula अनुसार तपाईले Cell A1 मा भएको नम्बरलाई सब्दमा लेख्ने Command दिईरहनुभएको छ । सहयोगको लागी तल दिईएको Picture हेर्न सक्नुहुन्छ ।
तरिका नम्बर २ अनुसार तपाईले निम्न Formula को प्रयोग गर्नुपर्ने हुन्छ । उक्त Formula हो =WordNum(number value) .  यसमा तपाईले शब्दमा बदल्न चाहनुभएको नम्बरलाई सिधै Formula मा प्रयोग गर्न सक्नुहुन्छ 
। उदाहरणको लागी तपाईलाई 2040.05 यो नम्बरलाई Formula को प्रयोग गरेर शब्दमा लेख्नु पर्नेछ भने जुन Cell मा शब्दमा लेख्नु पर्नेहो सो Cell मा क्लिक गर्नुहोस । अनि =wordnum(2040.05) टाईप गर्नुहोस । यस Formula अनुसार तपाईले 2040.05 लाई शब्दमा लेख्ने Command दिईरहनु भएको छ । सहयोगको लागी सँगै दिईएको Picture हेर्न सक्नुहुन्छ । Picture लाई ठुलो साईजमा हेर्नको लागी उक्त Picture मा क्लिक गर्नुहोस । यस Formula सम्बन्धि कुनै समस्या या सुझाव सहितको Comment गर्न सक्नुहुनेछ । यो निर्देशन अनुसार तपाईले यो Formula Microsoft office 2007 मा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई Microsoft Office को अन्य Version प्रयोग गर्नुहुन्छ भने त्यसको लागी निर्देशनमा केही फेरबदल हुनेछ । त्यसको लागी Comment लेख्न नबिर्सनुहोला ।

2 comments:

Arpan Man Sainju said...

thanks for the information

केशब कँडेल said...

अंकलाई नेपाली अक्षरमा लेख्नको लागि पनि excel मा Add in को व्यवस्था भए अझ राम्रो हुनेथियो ।

Post a Comment